रञ्जिताले पोखरा निवासी शिव बास्तोलालाई दिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्।

भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो।

अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः पार्टीमा पूर्णरूपमा सक्रिय हुन नसकेको उल्लेख गरेकी छन्।

  • ११ श्रावण २०८२, आईतवार १५:४४ प्रकाशित