काठमाडौं ।
बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।नेपाली टोली प्रतियोगितामा उपविजेता भयो । डबल राउण्ड रोबिनमा खेलाइएको प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो ।
सोमबार बेलुका भएको बंगलादेशसँगको निर्णायक खेलमा ४(० को हार बेहोरेपछि नेपाल उपाधिविहीन बनेको थियो । यस खेलमा जित निकालेको अवस्थामा नेपालको उपाधि जित्ने सम्भावना रहन्थ्यो ।















