लिभिङ टुगेदरमा बस्ने एक जोडी नग्न अवस्थामा मृत भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं।

२२ दिन अघि देखि लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी मृत भेटिएका छन् ।

उनीहरु युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

जोडी कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको र केटाको घाँटीमा चक्कुले रेटेको चोट रहेको प्रहरीले जनाएको छ ।

गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा पुर्याइएकोमा उनको अस्पतालमा मृत्यु भएको बताइएको छ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । उनीहरु दुवैजना पब्जीको लतमा थिए । अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ ।

  • २३ पुष २०७८, शुक्रबार ०९:२९ प्रकाशित