सेयर बजारमा उछाल : आज १६ अर्बको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन तथा साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अङ्कले बढेर २८ सय ७४ दशमलव ६० विन्दुमा पुगेको हो ।

आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य घटेका छन् । दिनभरमा ३११ स्क्रिवका ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रो कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

  • १ श्रावण २०८२, बिहीबार १५:५० प्रकाशित