पोखरा: एसएसपी भरतबहादुर बोहराको सरुवा, को कहाँ पुगे ? सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् ।जसअन्र्तगत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्कीका एसएसपी भरतबहादुर बोहराको पनि सरुवा भएको छ ।

उनको प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखा नक्साल, काठमाडौं सरुवा भएको हो । उनको ठाउँमा एसएसपी दिल्लीराज पन्त आउने भएका छन् । उनी राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार काठमाडौंमा रहेका थिए ।

  • २३ पुष २०७८, शुक्रबार ०९:१७ प्रकाशित