राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका छन् ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्न लागेका हुन् ।

‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘चाँडै नियुक्तीको पत्र राष्ट्रपति कार्यालय पठाइँदै छ ।’

तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ । न्यौपानेले आफूलाई मन्त्री नियुक्त गर्न लागेको अनौपचारिक ढंगले सुनेपनि औपचारिक खबर आइनसकेको बताइन् ।

गण्डकी प्रदेशका प्रभावशाली नेताहरू पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबिच भेटवार्ता भएपछि न्यौपानेको नाम मन्त्रीका लागि सिफारिस गरिएको बुझिएको छ ।

  • ३१ असार २०८२, मंगलवार १६:५९ प्रकाशित