काठमाडौं ।
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।
उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।
उनीहरू फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।














