एकै व्यक्तिले ११ पटक लगाए कोरोना विरुद्धको खोप: १२ औँ डोज लगाउन जाँदा परे पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

एजेन्सी ।

भारतमा एकै व्यक्तिले कोरोना विरुद्धको खोप ११ पटक लगाएको पाइएको छ ।

विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएका हुन। उनी १२ औँ डोज लगाउन जाँदा भने पक्राउ परेका छन् । विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै पटक खोप लगाएका हुन् । ।

विभिन्न परिचय पत्र र छिमेकीहरुको मोबाईल नम्बर प्रयोग गरेर उनले खोप लगाएका थिए । खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए ।

खोप लगाउन उनले आधार कार्ड, मतदाता परिचय पत्रलगायतका कागजात प्रयोग गरेका थिए । उनले आधार कार्ड र मोबाईल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए भने तीन पटक पत्निको मोबाइल नम्बर लेखाएका थिए । हुलाक कार्यालयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानबिन सुरु गरेका छन् ।

भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो ।

  • २२ पुष २०७८, बिहीबार १५:२१ प्रकाशित