स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

केन्द्रभाग मिडिया

सप्तरी ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्।

सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका हुन्।

आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगमा यसअघि नै ज्ञापनपत्र बुझाइसकेको उनको भनाइ छ।

दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचनमा खर्च र आर्थिक चलखेल बढ्ने गरेको घिसिङको भनाइ छ।

  • ३० कार्तिक २०८३, सोमबार १६:०६ प्रकाशित