एमाले स्थायी कमिटी बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।पार्टी सचिव महेश बस्नेतका अनुसार, भोलि ९मंगलबार० दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ । सोही भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी पनि गराएको थियो ।एमालेको दाबी अनुसार, राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

  • ३० कार्तिक २०८३, सोमबार १५:२८ प्रकाशित