एनपीएल : कर्णालीले चितवनलाई २४ रनले हरायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो ।

उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ ।

  • २९ कार्तिक २०८३, आईतवार १६:३४ प्रकाशित