एनपीएल : चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो ।

हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई–दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक–एक सफलता हात पारे ।

चितवनले प्लेअफमा स्थान बनाइसकेको छ भने कर्णाली बाहिरिसकेको छ ।

  • २९ कार्तिक २०८३, आईतवार १५:०० प्रकाशित