चितवनमा पटका पड्काउँदा बालक घाइते

केन्द्रभाग मिडिया

चितवन ।

पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।

पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ ।

आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । रासस

  • २६ कार्तिक २०८३, बिहीबार ११:२२ प्रकाशित