अनलाइन स्क्यामिङमा ठगिएका ८६० नेपालीको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं।

दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा अनलाइन स्क्यामिङ सेन्टरमा ठगिएका ८६० जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलन अनुसार हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्याम सेन्टरहरूबाट ८६० जना नेपाली नागरिकको उद्धार गरिसकेको छ।

अनलाइन स्क्याममा नेपालीहरू ठगिने र अलपत्र पर्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको भन्दै मन्त्रालयले पीडित र उनीहरूका आफन्तहरू मन्त्रालय, कन्सुलर सेवा विभाग तथा सम्बन्धित नेपाली दूतावासहरूको सम्पर्कमा आइरहेको जनाएको छ ।

सम्पर्कमा आएका अलपत्र नागरिकलाई सुरक्षित उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । मन्त्रालयले झुटा प्रलोभनमा नफस्न र गैरकानुनी काममा संलग्न नहुन मन्त्रालयले आग्रह गरेको छ ।

  • १३ कार्तिक २०८३, शुक्रबार १५:३३ प्रकाशित