काठमाडौं।
शुक्रबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ९० अङ्कले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ।
बजारमा आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्यमा गिरावट आउँदा बजार रातो देखिएको छ। तथ्याङ्क अनुसार आज ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आज दिनभरिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्।














