काठमाडौं ।
साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो ।
आज सुनको मुल्य २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ रहेको थियो ।
यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला ४४५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।














