बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुग्यो

केन्द्रभाग मिडिया

 

बागलुङ ।

९ देखि ११ असोजसम्मको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

११ असोजमा आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपाली रहेका छन्।

  • १५ आश्विन २०८३, बिहीबार १२:१२ प्रकाशित