स्याङ्जा ।
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक महिलाको ज्यान गएको छ ।
अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
त्यहाँ उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा ल्याइएकोमा चिकित्सकले हिजो दिउँसो मृत घोषणा गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।














