प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।

केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे ।

पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गरे ।साथै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेकोप्रति पनि धन्यवाद ज्ञापन गरे ।

आफ्नो कार्यकाल सकेर राजदूत श्रीवास्तव केही दिनमा फर्कंदैछन् ।

  • १३ आश्विन २०८३, मंगलवार १३:४६ प्रकाशित