कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् ।
मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३७७० नम्बरको बसमा अचानक सडक माथिबाट ढुंगा खसेको थियो । ढुंगाले लागेर बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएर घाइते भएका थिए ।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा खटिएको टोलीले सिटले च्यापिएका चारै जनाको उद्धार गरेको हो ।
दउद्धार गरिएकामा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन् ।
उनीहरूलाई उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्याइएको छ । घाइते चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।













