१ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन् ।

प्रहरीले उक्त सुन अवैध रहेको जनाएको छ । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको बताइएको छ ।

  • २ आश्विन २०८३, शुक्रबार १४:२२ प्रकाशित