भारत भ्रमण

आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै अर्थमन्त्री वाग्ले

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज (शुक्रबार) महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि बिहीबार भारत पुगेका अर्थमन्त्री वाग्लेले त्यही दिन साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए ।

भ्रमणको दोस्रो दिन उनी आज बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएर आफ्नो विचार राख्नेछन् ।

आजै अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा। एस। जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ।

आजै अर्थमन्त्री डा। वाग्ले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदै छन् । भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल(भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् र उच्चस्तरीय छलफल हुनेछ ।

अर्थमन्त्रीको उच्चस्तरीय भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा। सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

  • २ आश्विन २०८३, शुक्रबार ०८:३८ प्रकाशित