काठमाडौं।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामूद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी छिन्।
बिहीबार उनले प्रतिनिधि सभा बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।













