काठमाडौं ।
नेपाल सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत दैनिक पुरस्कार विजेताहरूको सूची सार्वजनिक भएको छ ।
भदौ १६ गतेदेखि ३१ गतेसम्मको कारोबार विवरणका आधारमा विजेता उपभोक्ताहरूको सूची सार्वजनिक गरिएको हो ।
सार्वजनिक सूची अनुसार प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो ।
उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५/१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।
सार्वजनिक विवरणअनुसार विभिन्न व्यावसायिक प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गरी विद्युतीय बिल लिने उपभोक्ताहरू यो प्रणालीबाट पुरस्कृत भएका छन् । सरकारले बजारमा पारदर्शी कारोबार बढाउन र कर प्रणालीलाई व्यवस्थित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।












