काठमाडौं ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू भेटिएका छन् ।रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा २ वटा शव फेला परेका हुन् ।
उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।












