आज सुनचाँदीको भाउ घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ यस दिन प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।

  • ३० भाद्र २०८३, मंगलवार ११:१५ प्रकाशित