पोखरामा भू–उपयोग वर्गीकरणको सम्पन्न, जग्गाको कित्ताकाट खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरणको काम सकेसंगै जग्गाको कित्ताकाट खुल्ला भएको छ । महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाटको खुल्ला गरेको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखराका ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको कित्ताकाट खुल्ला भएको छ ।

महानगरले कित्ताकाटका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पत्र पठाएको छ । महानगरपालिका, भूमि प्रशासन र नापी कार्यालयसहितको संयुक्त बैठक र आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी वर्गीकरणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ (संशोधन सहित) को व्यवस्था अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ११ तथा वडा नम्बर १३ देखि ३३ सम्मको अन्तिम भू–उपयोग वर्गीकरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । अन्य वडाहरूको यसअघि नै वर्गीकरणको काम सकिएको थियो ।

सरकारले भू–उपयोग ऐनमार्फत कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण नगरी कित्ताकाट गर्न रोक लगाएपछि पोखरामा लामो समयदेखि जग्गाको कित्ताकाट हुन सकेको थिएन ।

  • ३० भाद्र २०८३, मंगलवार ०६:४१ प्रकाशित