काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि मंगलबार अस्पताल भर्ना भएका छन् ।
चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छोरी मानुषी यमी भट्टराईले जानकारी दिएकी छन् ।
मानुषीका अनुसार चिकित्सकहरूले उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् । अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको डा। भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मानुषीले जानकारी दिएकी छन् ।












