सेनाको हेलिकप्टरबाट बागलुङकी गर्भवतीको उद्धार

केन्द्रभाग मिडिया

बागलुङ ।

रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि बागलुङ निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएको छ ।

मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए ।

‘स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पठाइएको छ’, उनले भने ।

सुनारले प्राकृतिक रुपमै शिशुलाई जन्म दिए पनि गएरातिदेखि अत्यधिक पेट दुख्नेलगायत समस्या देखिएको थियो । रासस

  • ६ श्रावण २०८३, बुधबार १६:१४ प्रकाशित