कार्यकर्ता लखेटिएपछि हर्क साम्पाङको जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)को जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ ।

यसअघि उनको स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले जानकी मन्दिर परिसरबाट लखेटेका थिए । सम्भावित मुठभेडलाई ध्यानमा राख्दै मन्दिर परिसरमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ भएको थियो ।

विवाद उत्पन्न भएपछि हर्क साम्पाङ जानकी मन्दिर जाने कार्यक्रम स्थगित गर्दै सोझै जनकपुरस्थित होटल क्राउन प्लाजामा पुगेका थिए ।
त्यहाँ आयोजित श्रम, संस्कृति पार्टीको मधेस प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहभागी भएका छन् ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको सहभागिता छ ।

  • ५ श्रावण २०८३, मंगलवार १६:०९ प्रकाशित