साताको पहिलो दिन आज कति छ सुनको मूल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४८ हजार ८८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँ थियो। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ९४८ रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार आज सुन र चाँदी दुवैको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य घटेको हो।

  • २१ असार २०८३, आईतवार ११:१५ प्रकाशित