हात्तीको आक्रमणमा परी चितवनमा आमाछोराको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

चितवन ।

चितवनमा हात्तीको आक्रमणमा परेर आमाछोराको ज्यान गुमेको छ । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको ज्यान गुमेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी ४ वर्षीय छोरा भरतको घटनास्थलमा नै ज्यान गुमेको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो । -रासस

  • २१ असार २०८३, आईतवार ०७:३८ प्रकाशित