पोखरा ।
हाल देशभर मनसुनी वायूको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।












