काठमाडौं ।
बुधबार सेयर बजार ४४.५९ अंक बढेको छ । अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको बजार बुधबार बढेको हो ।
यो वृद्धिसँगै नेप्से परिसूचक २६५२ अंकमा कायम भएको छ । बुधबार बजार दिनभरजसो हरियो अंकमा रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडको भयो ।
२५२ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ६ को स्थिर रह्यो ।











