काठमाडौं ।
सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा झरेको छ । मंगलबार लगातार सातौं कारोबार दिन घटेसँगै नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरेको हो ।
आज नेप्से परिसूचक २४.६३ अंक घटेको छ । यो अंकको कमीपछि २६०८ अंकमा कायम भएको छ, यो अंक गत पुस ९ यताकै न्यून हो । पुस ९ गते नेप्से २५८५ अंकमा थियो ।
गत साताका पाँचै दिन घटेको बजार यो साता पनि सुरुवाती दुई दिन घटिसकेको छ । अघिल्लो दिन नेप्से परिसूचक १६.५४ अंक घटेको थियो । यसअघि गत साता सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंक नेप्से घटेको थियो ।
आज बजार दिनभरजसो रातो अंकमा रह्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २५ करोडको भयो ।
३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो ।











