निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई मुख्य कारण देखाउँदै निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने आकस्मिक बाहेकका अन्य सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।

बोर्डको जेठ ११ गते बसेको बैठकले निर्णय गरेको हो । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था लागू रहनेछ ।

  • १३ जेष्ठ २०८३, बुधबार १३:१२ प्रकाशित