पोखराका किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा दिने महानगरको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो ।

बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म मागकर्ता कृषकको नाम सङ्कलन गरिने महानगरले जनाएको छ । मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

‘बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ’, उनले भने, ‘तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकान बाँदरले पनि क्षति नपु¥याउने भएकाले यो बाँझो जग्गाहरूमा उपयोगी हुन्छ ।’

पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पु¥याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको प्रमुख कडरियाले जानकारी दिए । पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको उनले बताए । रासस

  • ११ जेष्ठ २०८३, सोमबार १५:५२ प्रकाशित