रोस्टरमा नाम रहँदा पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् ।

साथै उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुनस् रोजगारदातासम्म पठाउन माग गरेका छन् ।प्रदर्शनमा सहभागीहरुले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रममन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।

  • ११ जेष्ठ २०८३, सोमबार १२:४८ प्रकाशित