काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सो कुरा बताएकी हुन् ।
उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको जिकिर समेत गरिन् ।
‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरू कस्ता छन ? त्यता ध्यान पुर्याऔं । आज राज्यको राजश्व दबाबमा छ । युवाहरू विदेश पलायन भइराखेको छन् । कृषि उत्पादन घटदो छ । प्राईभेट सेक्टर त्रसित छ । सार्वजनिक ऋणको भार बढिरहेका छन्,’ उनले भनिन् ।
प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताइन् ।

















