अबको नीति गुट भत्काएर पार्टी बनाउने हो : विश्वप्रकाश शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् । काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ,’ शर्माले भने, ‘तर, विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ । यो गुट भत्काउने पार्टी बनाउने बाटो हो ।

उनले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरे ।उपसभापति शर्माले सदस्यता अद्यावधिकमा कसैका प्रति अशांका र अविश्वास गर्न आवश्यक नभएको पनि तर्क गरे ।

  • ४ जेष्ठ २०८३, सोमबार १६:०७ प्रकाशित