काठमाडौं ।
विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।नेपाल बार एसोशिएसनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए ।
उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।
सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् ।
उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरू समीक्षा बास्कोटा, यज्ञमणि न्यौपाने लगायतले आपत्ति जनाएका थिए ।

















