सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो ।

पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन् । आज नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन् ।

  • ३ जेष्ठ २०८३, आईतवार १५:३६ प्रकाशित