लुम्बिनी सरकारले मन्त्रालय संख्या घटाउँदै

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ ।

प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ ।

लुम्बिनीमा हाल १२ मन्त्रालय छन् ।

  • १ जेष्ठ २०८३, शुक्रबार १६:५० प्रकाशित