कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ ।

सभापति गगनकुमार थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार, समितिको संयोजकमा तारामान गुरुङ छन् । त्यस्तै, सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् ।

  • ३० बैशाख २०८३, बुधबार १६:४८ प्रकाशित