काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज (बुधबार) संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् ।
यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।














