यहि वैशाख २७ गतेदेखि पोखरामा यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन हुदैं

केन्द्रभाग मिडिया

पोखरा ।
यातायात व्यवसायीहरुको केन्द्रीय छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको महासंघले जनाएको छ ।

यहि बैशाख २७ गतेबाट सुरु हुने महाधिवेशन २९ गतेसम्मे पोखरा इभेन्ट सेन्टरमा सञ्चालन हुने आज पत्रकार सम्मेलनमार्फत महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।महाधिवेशनमा २ हजार प्रतिनिधि र पर्यवेक्षकहरु सहभागीता रहने महासचिव गौतमले बताए ।

महाधिवेशनमा यातायात व्यवसायीहरुको उत्साहजनक सहभागिताले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने महासंघको अपेक्षा रहेको छ ।

महासंघका महासचिव गौतमले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि बैशाख २६ गते भोलि पोखरा इभेन्ट सेन्टरमा बैठक आह्वान गरेका छन् ।
बैठक साँझ ५ः३० बजे बस्नेछ ।

  • २५ बैशाख २०८३, शुक्रबार १६:०५ प्रकाशित