एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरु विरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।साथै जिल्ला अदालतले गीता पण्डित,प्रगति थापा,सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, निता खत्रीलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

  • २४ बैशाख २०८३, बिहीबार १६:५४ प्रकाशित