पोखरा ‘लेडी जेसीज’ सप्ताह यहि वैशाख २५ देखि ३१ गतेसम्म

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ‘लेडी जेसीज’ले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह २०२६ आयोजना गर्ने भएको छ ।

यही वैशाख २५गतेदेखि ३१ गतेसम्म उक्त जेसीज सप्ताह कार्यक्रम आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
लेडी जेसीज सप्ताहको पहिलो दिन वैशाख २५ गते बिहान ८ पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित कन्या क्याम्पसको सभाहलमा उद्घाटन समारोह हुने भएको छ।
सोही अवसरमा विधार्थीलाई लक्षित गर्दै साइबर अपराध एवम् वैंकिङ साक्षरता कार्यक्रम सञ्चालन हुने सप्ताहका मूल संयोजक जेसी विनिता के.सीले जानकारी दिइन् ।

सप्ताहन्तको दोस्रो दिन वैशाख २५ गते शनिबार बिहान ८ बजेदेखि मादी गाउँपालिका वडा नम्बर ६ स्थित श्री महारुद्र मध्यमिक विद्यालयमा सोही ठाउँका स्थानीयलाई लक्षित गर्दै वृहत निःशुल्क आँखा शिविर सञ्चालन गर्ने संयोजक जेसी विनिता के.सीले बताइन् ।

यस्तै सप्ताहन्तको तेस्रो दिन वैशाख २७ गते आइतबार पोखरा महानगरपालिका वडा नम्बर २० मा संघ संस्थाका पदाधिकारीलाई लक्षित गर्दै माइन्युट लेखन तथा वित्तिय साक्षरता तालिम प्रदान गरिने जनाइएको छ।

यस्तै चौथो दिन वैशाख २८ गते सोमबार पोखरा महानगर पालिका वडा नम्बर १९ मा कृषकलाई लक्षित गर्दै कृषि स्वास्थ्य सचेतना तालिम एवम् मल वितरण कार्यक्रम गर्ने आयोजकले बताएको छ ।

यस्तै पाचौं दिन वैशाख २९ गते मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ३० मा आर्थिक रुपमा कमजोर विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस्तै छैठौं दिन वैशाख ३० गते पोखरा महानगरपालिका वडा नम्बर २५ मा जनसमुदायलाई लक्षित गर्दै प्रजनन स्वास्थ्य तथा बाँझोपन सम्बन्धी सचेतना एवम् निशुल्क शिविर सञ्चालन हुने भएको छ । र अन्तिम दिन वैशाख ३१ गते विजी वी रिसोर्ट लेकसाइडमा सप्ताह कार्यक्रमको समापन हुने बताइएको छ ।

‘सीप र सेवा : सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल उदघोषसहित दिगो विकासका लक्ष्यहरुलाई सम्बोधन गर्दै विभिन्न वर्गहरुलाई लाभान्वित गराउने उद्देश्यले जेसीज सप्ताह कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक लेडी जेसीजका अध्यक्ष जेसी सुमिता गौतम भण्डारीले जानकारी दिइन् ।

कार्यक्रम बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष डा. नमिता अधिकारीले उपस्थितलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । भने महासचिव इशा आलेले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

  • २३ बैशाख २०८३, बुधबार १७:२४ प्रकाशित