काठमाडौं ।
वीर अस्पतालका निर्देशक डा।दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा।शर्माले राजीनामा दिएका हुन् ।
हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा.शर्माले जानकारी दिए ।अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताए ।
स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा।शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।शर्माले राजीनामा दिएपछि वीर अस्पताल पदाधिकारीविहीन भएको छ ।
अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र लगायतका पदाधिकारीलाई हटाइएको थियो ।













