विजुलीको पोलबाट झरेको तारबाट करेन्ट लाग्दा एक पुरुषको ज्यान गयो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

सुर्खेत ।

कालिकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका-३ का ५७ वर्षीय टिकाराम देवकोटा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीका अनुसार मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा विद्युत्को पोलबाट झरेको तारबाट करेन्ट लागेर उनको ज्यान गएको हो ।

विद्युत्को राष्ट्रिय प्रसारण लाइन सडक खन्ने क्रममा चुँडिएर बाटोमा परेको थियो।मृतकका आफन्तहरूले भने विद्युत् प्राधिकरणको लापरबाहीको कारण ज्यान गएको बताएका छन्।

  • २३ बैशाख २०८३, बुधबार १२:३६ प्रकाशित